प्रधानमन्त्री ओली र थाई राजदुतबीच भेटवार्ता



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि थाईल्याण्डका राजदुत भोषित भोरासाफबीच आज भेटवार्ता भएको छ । भेटमा दुई मुलुकबीच लामो समयदेखि रहि आएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले राजदुत भोरासाफको सफल कार्यकालका लगि शुभेच्छा व्यक्त गर्दै यसै अवधिमा दुई देशबीच सम्बन्धका नयाँ आयामहरु पहिल्याउन सकिने विश्वाससमेत व्यक्त गरेका छन् ।

यस्तै, दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका साँस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तिर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणा ओलीले राखेका छन् । साथै प्रधानमन्त्रीले दुई देशबीच कुटनीतिक सम्बन्ध ६२ वर्ष अघि स्थापना भएपनि दुई देशकोे सम्बन्ध भने त्यस भन्दा धेरै लामो रहेको उल्लेख गरेका छन् ।

भेटमा राजदुत भोरासाफले थाइल्याण्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने बिचार व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्