निजि आवास निर्माणमा साढे तीन अर्ब खर्च



सरस्वती न्यौपाने, रसुवा ।

जिल्लामा निजि आवास पुननिर्माण मा अहिले सम्म तीन अर्ब ४९ करोड ६२ लाख ५० हजार रुपैया खर्च भएको छ ।

१२ हजार आठ सय ७६ लाभग्राही सुचीमा रहेका मध्ये १२ हजार तीन सय चार जना ले मात्र निजी आवास निर्माण गर्न सम्झौता गरेक थिए । सम्झौता गरेका लाभग्राही मध्ये ११ हजार दुई सय २७ जनाले निजि आवास निर्माण गर,ेर अनुदान लागिसकेको राष्ट्रिय पुननिर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय रसुवाका प्रमुख विश्वराज मरासिनीले बताउनु भयो ।

भुकम्प गएको ६ वर्षको अबधिमा तीन अर्ब ४९ करोड ६२ लाख ५० हजार रुपैँया अनुदान रकम वितरण भएका छन । अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाको दरले १२ हजार दुई सय ८० जना लाभगाही्रले ६१ करोड ४० लाख बुझेका थिए । त्यसैगरी ११ हजार सात सय ३७ जनाले दोस्रो किस्ता वापत एक लाख ५० हजारको दरले एक अर्ब ७६ करोड पाँच लाख ५० हजारको दरले एक अर्ब ७६ सय १७जनाले तेस्रो किस्ताबाट सम्झौता अनुसार घर निर्माण सम्पन्न गरेर एक लाखको दरले एक अर्ब १२ करोड १७ लाख रकम वितरण भइसकेको अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयले जानकारी दिएको छ ।

जिल्लाको पाँच वटा गाउपालिका मध्ये नौकुण्ड गाउँपालिकामा निजि आवास निर्माण सबैभन्दा बढी र सबैभन्दा कम आमाछोदिङमो गाउँपालिकामा भएको छ । नौकुण्ड गा.पा.मा तीनहजार दुईसय २४ कालिका गा.पा.मा दुई हजार पाँच सय चार उत्तरगया गा.पा.मा एक हजार सात सय १७ र आमाछोदिङमो गा.पा.मा एक हजार ६ सय ७०गरी ११ हजार दुई सय १७ निजि घर निर्माण सम्पन्न भएको छ ।

जिल्ला भर निजि आबास पुन निर्माणमा सहयोग गर्न आएका छ वटा गैरसरकारी संस्था मध्ये वतास फाउन्डेसन ले एक सय ५२ ओएम नेपालले ६ वटा नेपाल रेडक्रसले चार सय ३८ लुमन्तीले दुईसय ४६ र एमडब्ल्युएफले ९१ घर निर्माण सम्पन्न गरेका छन ।

प्रतिक्रिया दिनुहोस्