‘सिंहदरबारमा बलात्कारविरुद्ध आज महिला मार्च पास हुदै



काठमाडौं । बृहत् नागरिक आन्दोलनले शुक्रबार बलात्कारविरुद्ध सिंहदरबारमा महिला मार्च पास गर्दै छ । आज दिउँसो २ बजे काठमाण्डौको वसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म मार्च गर्ने बृहत् नागरिक आन्दोलनले जनाएको छ ।

बलात्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले ‘सिंहदरबार महिला मार्चपास’ गर्न लागेको हो । बृहत् नागरिक आन्दोलनले मार्च पासमा सहभागी हुन सबैलाई आग्रह पनि गरेको छ ।बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको नौ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । बलात्कारपछि हत्या भएको विरोधमा प्रदर्शन भइरहेको छ । भागरथीको शव आफन्तले बुझेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्