मुआब्जा नपाएका किसानको खेतमा निर्माण व्यवसायीको रजाई



सञ्जय कार्की ,रौतहट ।

मुआब्जा वितरण नहुदै निर्माण व्यवसायीले किसानको खेतमा रेल मार्गको ट्रयाक निर्माण गर्न थालेपछि किसानहरु आक्रोशित भएका छन । चाडै निर्माण सम्पन्न गर्ने निहुमा निर्माण व्यवसायीले मापदण्ड विपरित गुणस्तरहिन कार्य गरेको समेत स्थानीयको आरोप रहेको छ ।

चन्द्रपुर– ८ सन्तपुरको ४ नम्वर प्याकेज अन्तर्गत रेलमार्ग निर्माण गर्ने निुहमा लामा गोल्डेन विरुवा जेभिका प्रतिनिधिले किसानको खेतमा एकैपल्ट राती ग्य्राबेल थुपारेको स्थानीयको भनाई रहेको छ । मुआब्जा पीडित किसानहरुले विहीबार निर्माण कार्य रोकेपछि निर्माण व्यवसायीका प्रतिनिधि बेपता भएका छन । निर्माण व्यवसायीले हतारोमा काम गर्दा राम्रो संग रोलिङ्ग समेत भएको छैन । निर्माण कार्यस्थलमा रेल्वेको कर्मचारी नबस्नाले निर्माण व्यवसायीले मनलाग्दी काम गरेका छन । मुअब्जा नपाउदै एक महिना अघिनै कृष्ण चौधरीको मालपोतल कार्यालय बाट आफनो जमिन रेलवे विभागको नाममा जग्गा नामसारी भईसकेको छ । मुअब्जा रकम नपाएसम्म काम अघि बढन नदिने उहाले बताउनु भयो ।

रेलवेको नाममा पास भईसकेको आफनो जमिनको लालपूर्जा बोकेर किसानहरु निर्माण स्थलमा पुगेका थिए । खेतको मुआब्जा पाईन्छ भनेर जमिन पास गराएपछि अहिले बेवास्ता भएको गुनासो उहाको रहेको छ । मुआब्जा नपाएपछि किसानहरुले आफनो खेतमा लगाएको गहु, मकै, मसुरो लगायतका बाली लाई नोक्सानी पुरयाउदै निर्माण व्यवसायीले कम ग्रयाबेल बढि बालुवा भएको ग्य्राबेल राख्न शुरु गरिसकेका छन । उहाँकै जस्तो पीडा चन्द्रपुर–८ सन्तपुरका किशान लालवति तिमल्सिनाको रहेको छ । उहाँ भन्नु हुन्छ रेल्वेको कर्मचारी आउदैन निर्माण व्यवसायीले रातीको समयमा मिक्स ग्रयाबेल राखेर भाग्ने गरेको बताउनु भयो । निर्माण कार्य गर्नु अघि जमिन सम्याउने र कम्याक्सनको कार्य गर्नु पर्नेमा त्यस बिपरित कार्य भैरहेको छ ।

हरेक १५ सेन्टिमा ग्रेडिङ गर्दै पानी हाले पश्चात् पुन रोलिङ गरि हरेक लेयरको डेन्सिटी परिक्षण पछि अर्को लेयर तयार गर्न क्रमश ग्रेवल हाल्दै जानू पर्नेमा निर्माण व्यवसायीले एकैपल्ट दुई देखि तीन मिटर ग्य्राबेल राख्ने गरेको पाइएको छ । रेल, मेट्रो रेल तथा मोनो रेल बिकास आयोजना सर्लाहीका प्रमुख डिभिजन ईन्जिनियर देबेन्द्र साहले अर्थमन्त्रालयले रकम निमासामा ढिलाई गरेकोले किसान लाई रकम वितरण गर्न ढिलाई भएको बताउनु भयो । उहाँले आउदो आईतबार अर्थमन्त्रालयले रकम निकासाको प्रक्रिया अघि बढाएकोले अबको दुई साता पछि बितरण गरिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्