प्रचण्डद्धारा सोनाम र ग्याल्बो ल्होसारको शुभकामना



न्युज अफ नेपाल, काठमाडौं ।

पुष्पकमल दाहालले नेपालको सांस्कृतिक तामाङ समुदायको सोनाम ल्होसार र शेर्पा समुदायको ग्याल्बो ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ एवम् शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना दिनु भएको छ ।

विविधतायुक्त नेपाली समाजमा विभिन्न समुदायका यसप्रकारका चाडपर्व, रीतिरिवाज र संस्कृतिले नै सिंगो राष्ट्रको मौलिक पहिचान झल्काउँने बताउनुभयो । जातीय, धार्मिक, लैंङ्गिक र सामुदायिक परम्परा नै यो देशको गहना हो । यस्ता सांस्कृतिक पर्वहरुका माध्यमबाट सांस्कृतिक पहिचान र भौगोलिक विविधतायुक्त विशेषता रहेको नेपाली जनसमुदायमा आपसी बन्धुत्व, सहिष्णुता र सामाजिक सांस्कृतिक ऐक्यवद्धताको अभिवृद्धि भएको बताउनु भएको छ ।

समुदायको पहिचान र हक अधिकारका लागि नेपाली जनताले सयौं वर्षदेखि संघर्ष गर्दै आएका छन् । नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र त्यागले नै नेपालमा धर्मनिरपेक्षता, समानुपातिकता, समावेशिता, संघीयता र गणतन्त्रात्मक व्यवस्था कायम भएको हो । जनताको बलिदान, संघर्ष र प्राप्त जनमतको उपहास गरी संविधानको सफल कार्यान्वयन र संरक्षणको नभएको जगजाहेर नै छ ।पछिल्लो घटनाका रुपमा सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास सुरु भएको छ ।

त्यसकारण हजारौं जनताको त्याग र सम्मर्पूणबाट प्राप्त अधिकार रक्षाका लागि प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध आन्दोलनमा होमिनुको कुनै विकल्प नभएको बताउनु भएको छ । तसर्थ तामाङ र शेर्पा समुदाय सहित सम्पूर्ण नेपाली जनतामा यस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्