लन्डनकै सबैभन्दा साँघुरो घर बिक्रिमा



लन्डन, (एजेन्सी)  ।

बेलायतको राजधानी लन्डनस्थित करिब ६ फिट चौडाइको घरको १३ लाख अमेरिकी डलर मँल्यसहित बिक्रिका लागि अनलाइनमा राखिएको छ । यसको प्रमुख विशेषता भनेको सम्भवतः यो लन्डनकै सबैभन्दा पातलो घर हो ।

रियल स्टेट एजेन्सी विन्कवर्थले १ हजार ३४ वर्ग फुट क्षेत्रफल भएको यो घरमा पाँच तल्ला रहेको उल्लेख गरेको छ । यो वेस्ट लन्डनको सेफर्डस बुस क्षेत्रमा रहेको छ । विन्कवर्थका अनुसार शुरूमा ह्याट पसल रहेको सो साँघुरो घरलाई पँर्ण घरको रूप फेसन फोटोग्राफर जर्गन टेल्लरले दिएका हुन् । विन्कवर्थका एजेन्ट डेविड मायर्सले टेल्लरपछि घरको डिजाइनरसमेत बन्न पुगेका व्यक्तित्व भएको सीएनएनलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्