राष्ट्रपतिद्वय बाइडेन र जिनपिङबीच पहिलो फोनवार्ता



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसका अनुसार पहिलोपटक आफ्नो चिनियाँ समकक्षी सी जिन्पिङलाई फोनवार्ता गर्ने क्रममा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनले चीनको सिन्जियिांगमा भइरहेको मानव अधिकार उल्लंघनबारे प्रसंग निकालेका छन् । यसैगरी, बाइडेनले सीसँग हङकङमा भइरहेको दमन र ताइनवानसँग चलिरहेको तनावलगायत व्यापार व्यवसायमाथि पनि छलफल गरेका छन् ।

पछिल्लो समयमा व्यापार, जासुसी र कोरोना भाइरस महामारीलाई लिएर अमेरिका र चीनबीच तनाव बढेको हो । चीन र अ‍ेमरिकाबिच को सम्बन्ध दुवैका लागि र अन्तर्राष्ट्रिय जगतलाई समेत उत्तिकै महŒवपँर्ण छ । त्यसैले पनि चीनले वासिंगटनको नयाँ सरकारसँग बारम्बार सम्बन्ध सुधार्नका लागि आह्वान गर्दै आएको छ । पँर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चीन र अमेरिकाबीचको समबन्ध चिसिएको थियो । चीनको चान्द्रिक वर्ष सम्मुख भएकोे यस टेलिफोन वार्ता सदाशयताको संकेतको रूपमा देखिएको छ ।

वार्तापछि बाइडेनले टिव्ट गरेका छन्– ‘मैले सीलाई अमेरिकी जनतालाई लाभ पुग्ने परिस्थिति भएमा मैले चीनसँग सहकार्य गर्छुं भनेको छु ।’ चीनलाई अन्तर्राष्ट्रिय मानव अधिकारवादी समँहहरूले सिन्जियांग प्रान्तमा रहेका तथाकथित ‘पुन–शिक्षा शिविरहरू’ मा लाखौं अल्पमत उइघुर मुस्लिमहरूलाई थुनिराखेको आरोप लगाउँदै आएका छन् । त्यहाँ चीन सरकारले जबर्जस्ती श्रम गर्न लगाउने र महिलाहरूको परिवार नियोजन गर्ने गरेको पनि आरोप लगाइएको छ । तर, चीनले यि सबै आरोप अस्वीकार गर्दै आएको छ ।

बाइडेन र सीबीच फोन वार्तामा कोभिड–१९ विरुद्ध लड्नेबारे पनि विचार आदान–प्रदान भएको छ । कोरोना भाइरसको कारण विश्वमै सबैभन्दा बढी अमेरिकी जनताको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्