विवादास्पद सीमाबाट भारत र चीनले फौज फिर्ता लाने



नयाँदिल्ली, (एजेन्सी) 

भारत र चीनले आ–आफ्नो विवादास्पद हिमाली सिमा क्षेत्रबाट फौज फर्काउने भएका छन् । गत जुनमा चिनियाँ र भारतिय फौजबीच भएको हिंसात्मक भिडन्तपछिको यो ठूलो उपलब्धी मानिएको छ । भारतीय रक्षा मन्त्री राज नाथ सिंहले परमाणविक शक्ति सम्पन्न दुई मुलुकबीच चलेको लामो वार्ताको परिणाम स्वरुप लद्धाखबाट फौज फिर्ता लाने सहमति भएको जानकारी विहिवार पत्रकारहरुलाई दिएका छन् ।

अघिल्लो दिन चीनले पनि फौज फिर्ता लानेबारे सार्वजनिक घोषणा गरेको थियो । गत जुनमा लद्धाखमा भएको भिडन्तमा २० जना भारतीय सेनाको ज्यान गरेको थियो । तर चिनियाँ पक्षले भने आफ्नो के कति हताहत भयो भन्ने सार्वजनिक गरेको थिएन । रक्षा मन्त्री राजनाथ सिंहले भातरको संसदमा गत सेप्टेम्वरदेखि दुवै पक्षबिच सैनिक र कुटनीतिक च्यानलहरु मर्फत वार्ता चलिरहेको तथ्या अवगत गराएका छन् ।

उनले चीन र भारतका वरिष्ठ सैनिक कमान्डरहरुबिचको नौ चरणको वार्तापछि पान्गोंग तालको दक्षिण र उत्तर किनारबाट फौज फर्काउनेबारे सहमति भएको बताएका छन् । यसैबिच सिंहले चीनले लद्धाखको सिमा क्षेत्रमा ठूलो परिमाणमा फौज र हातहतियार परिचालन गरेको तथा सो क्षेत्रको भारतको ३८ हजार वर्ग किलोमिटर भूभाग कब्जा गरेको पनि संसदलाई अवगत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्