अध्यापन अनुमति नपाएका कर्मचारीको कुटाइबाट विद्यार्थीको मृत्यु



न्युज अफ नेपाल, भद्रपुर ।

अध्यापन अनुमति नपाएका विद्यालयका सहायक कर्मचारीको कुटाइबाट विद्यार्थीको ज्यान गएको छ । झापाको कन्काई ६ चम्पापुर माध्यामिक विद्यालयमा अध्ययनरत् एक विद्यार्थीको सहायक कर्मचारी (खरिदार)मा कार्यरत कर्मचारीले दिएको सजायका कारण मृत्यु भएको परिवारले आरोप लगाएका छन् ।

कन्काई ६ चम्पापुरका १० बर्षिय कृष्ण प्रसाद राजवंशीको स्थानीय खरिदार रबिन मगरले कान मोलकै कारण घाईते भएका बालकको ११ दिनमा उपचारको क्रममा मृत्यु भएको मृतकका ठुलोवुवा सञ्जय राजवंशीले आरोप लगाउँनुभएको छ । कक्षा ४ मा अध्ययनरत बालकलाइ माघ १८ गते अङ्ग्रेजी पढाउँदा नजानेपछि कान मोलेर गालामा झापड हानेको कक्षामा अध्यनरत विद्यार्थीको भनाइ छ ।

वद्यालयको लापारबाही र समयमा उचित उपचार नपाएर बालकको अकालमा ज्यान गएको सञ्जयको दाबी छ । कर्मचारीको कुटाइपछि स्थानीय कामेश मेडिकलबाट सामान्य उपचार पछि घर लगेपनि दिनदिनै कान सुन्निन थालेपछि साथिलाई सोध्दा रविन सरले कान मोलेर यस्तो भएको बताएको उहाँले सुनाउँनुभयो । थप उपचारका लागि विर्ता सिटी हस्पिटल लगियो । त्यहाँ उपचार सम्भब नभएपछि बि एण्ड सी पुर्याइयो ।

त्यहाँ ६ दिन राख्दा पनि उपचार हुन सकेन । बच्चालाई नोबेल अस्पताल रेफर गर्नु पर्ने खबर बि एण्ड सीले दियो । पैसाको अभाबले गर्दा परिवारजनले स्कुलमा बैठक बस्दैछौ सहमति भएको छैन जस्ता कुरा विद्यालयका प्रिन्सीपल विष्णु प्रसाद कोईरालाले जानकारी गराएको उहाँले घट्ना सुनाउँनुभयो । वैठकपश्चात् स्कुलबाट सङ्कलित तत्काललाइ ५० हजार नगद प्राप्त हुनसाथ बालकलाई २८ गतेका दिन नोबेल अस्पताल रेफर गरियो ।

अस्पतालमा भर्ना भएका बालकलाई आईसोलेसन बेड खालि नभएपछि साधारण बेडमा अक्सिजन दिदैँ राखेको आधा घण्टा पछि मृत्यु भएको स्थानीय छिमेकी कृष्ण पौडेलले बताउँनुभयो । शिक्षकको अधिकार नपाएका मगरलाइ विद्यार्थी पढाउने कस्ले अनुमति दियो भन्दै मृतकका दाजु सन्दीप राजवंशीले बताउँनुभयो ।

मगरलाइ कडा कारबाही गरिनु पर्ने उहाँको माग छ । शुक्रबार विद्यालयलाइ विपक्षी वनाएर किटानी जाहेरी दिने उहाँले जानकारी दिनुभयो । हाल बालकको पोष्टमार्टम भएपनि शव नबुझ्ने उहाँको भनाइ छ । बिद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद कोईरालाका अनुसार शिक्षकले सामान्य कान मोले पनि बालकको पुरानै बिरामी निमोनियाका कारण मृत्यु भएको जानकारी दिनुभयो ।

विषयगत शिक्षक नभएको समयमा कर्मचारी मगरले कक्षा लिएको उहाँको भनाइ छ । बालकलाई पोष्टमार्टमका लागि विर्तामोडमा राखिएको छ । हाल मगरलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्