रसुवाको पर्यटकीय नगरी पावर्तीकुण्डमा १०८ धारा निर्माण



सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको आमाछाोदिङमो गाउँपालिका वडा नं. ३ मा पर्ने पर्यटकिय नगरी पावर्तीकुण्डमा एक सय आठ धारा निर्माण भएको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय वागमति प्रदेशको बजेट बाट आमाछोदिङमो गाउँपालिका सँग समन्वय गरि २०७६ चैत सात गते बाट सुरु गरेको एक सय आठ धारा ७४ लाख ४८ हजार नौ सय एक रुपैया को लागतमा २०७७ जेठ २९ गते निर्माण सम्पन्न गरेको हो ।
पर्यटन प्रवद्धन गरी आर्थिक उन्नतीमा टेवा पुरयाउने उदेश्यले बनाई प्रचार गर्न स्थानीय स्तरकै ठेक्का सम्झौता गरि एक सय आठ धारा निर्माण गरेको स्थानीय समाजसेवी फुर्पु सिङगी तामाङले बताउनु भयो ।

स्थानीय भाषामा आमाको अर्थ पावर्ती छोदिङमो को अर्थ जमेको पानी हो । यही भाषाको आधारमा आमाछोदिङमोको नेपाली नामाकरण पावर्तीकुण्ठ हो । यसै नामबाट पालिकाको नाम राखिएको छ । गोसाईकुण्ड पछिको दोस्रो कुण्ड भनेर यो कुण्ड लाई चिनिन्छ । यस ठाउँमा जनैपुर्णिमाको बेला स्थानीय हरु लामा झात्र्रmी सहित पुग्दछन ।

पौराणिक कथन अनुसार भगवान शिवले कालकुट विष सेवन गरेर पानीको खोजिमा हिन्दा बीचैमा पावर्ती महिनावरी भएपछि भगवान शिबलाई नदेखिने पहाडको फेदमा अहिलेको कुण्डमा विराजमान रहेको भन्ने जन बिश्वास रहेको छ ।

उतरी भेगका स्थानीय मानिस सहित लामा झाक्रि सेसेले बोम्बो से गीत गाएर कुण्डमा पुजा गर्दछन । यस कुण्डमा सन्तान नहुनेले दर्शन गरेपछि सन्तान हुने विश्वास रहेको छ जिन्दगीमा एकपटक पुग्नै पर्ने धार्मिक मान्यता रहेको छ ।

नेपालको तेस्रो पदयात्राको गन्तब्यस्थलको रुपमा रहेको रसुवा जिल्लाको उच्च हिमशृङखलाले स्वदेशी तथा बिदशी पदयात्राका सोखिनलाई लोभ्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्