गगन थापाको आक्रोश ‘उहिले महाराजा अहिले राष्ट्रपति !, झ्यालखानामा राखेर तर्साउन खोज्ने ?’



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेसँगै कांग्रेस नेता गगन थापाले सरकारलाई झ्यालखानाको संख्या थप्न सुझाव दिँदै आक्रोश व्यक्त गरेका छन् ।

थापाले सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुँने बताएका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै थापाले उहिले महाराजाले गर्ने काम अहिले राष्ट्रपतिले गरिरहेको जनाएका छन् ।

‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।’ थापाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्