‘महिला विदेश जाँदा अभिभावकको स्वीकृति चाहिने प्रावधान लैंगिक समानता र स्वतन्त्रताको हकविरूद्ध’



न्युज अफ नेपाल, काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले महिला विदेश जाँदा अभिभावकको स्वीकृति चाहिने प्रावधान देशलाई मध्ययुगतिर फर्काउने हाँस्यास्पद जमर्को भएको बताएका छन् ।

प्रतिगमन राजनीतिक क्षेत्रमा मात्रै नभई सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा हुॅदै गरेको बताउँदै भट्टराईले यो प्रावधान लैंगिक समानता र स्वतन्त्रताको हकविरूद्ध रहेको जनाएका छन् । यस प्रावधानविरुद्ध सबैलाई सशक्त प्रतिरोध गर्न उनले आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘महिला विदेश जाँदा अभिभावकको स्वीकृति चाहिने कुरा संविधानले प्रत्याभूत गरेको लैंगिक समानता र स्वतन्त्रताको हकविरुद्ध मात्र हैन, देशलाई मध्ययुगतिर फर्काउने हाँस्यास्पद जमर्को पनि हो । प्रतिगमन राजनीतिक मात्रै हैन, सँगसँगै सामाजिकरसांस्कृतिक सबै क्षेत्रमा हुँदैछ सशक्त प्रतिरोध गरौं ।’

प्रतिक्रिया दिनुहोस्