कमेडी फिल्म बन्ने



कमेडी जनरामा नयाँ फिल्म निर्माण हुने भएको छ। हालसम्म कलाकार छनोट गरिनसकिएको तेस्का बाजे नामक फिल्मको गत सोमबार ललितपुरस्थित चामुण्डा माई मन्दिरमा मुहँर्त गरेर निर्माण घोषण गरिएको छ।

बिजी बर्मा फिल्म्स्को ब्यानरमा निर्माण हुने फिल्ममा कल्याण अधिकारीको निर्देशन रहनेछ। निर्देशक अधिकारीका अनुसार फिल्म सेन्टिमेन्टल कमेडीमा बन्नेछ। कला राई प्रस्तुतकर्ता रहेको फिल्ममा राम महर्जन र शत्रुधन अन्सारी निर्माता छन्।

चैतको पहिलो साताबाट छायांकन हुने फिल्ममा ओमप्रकाश राई, राजु लामा, कृष्णकुमार राई र अभिषेक सिंहको संगीत, राजेशपायल राई, मेलिना राई, केशव शाही ठकुरी र अनुपमा राईको स्वर, राजन महर्जनको कोरियोग्राफी र दिवस गुरुङको छायांकन रहनेछ। निर्देशक अधिकारीले फिल्म काठमाडौं, धरान, इलाम र झापामा छायांकन गरिने जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्