युनाइटेड एफए कपको क्वार्टर फाइनलमा



लन्डन, (एजेन्सी) ।

म्यानचेस्टर युनाइटेड इंग्ल्यान्डमा जारी एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।प्रतियोगिताअन्तर्गत मंगलबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्द्वी वेस्टह्याम युनाइटेडलाई अतिरिक्त समयमा १–० गोलअन्तरले पराजित गर्दै युनाइटेडले एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जित दिलाउन स्कट म्याकटोमिनेले गरेको एक मात्र गोलले नै अन्तिम आठमा पु¥याउन पर्याप्त बन्यो । उनले खेलमा थपिएको अतिरिक्त समयको ९७औं मिनेटमा मार्कस रास्फोर्डको पासमा उक्त विजयी गोल गरेका थिए । खेलमा दुवै टोलीले गोलका लागि गरेका अन्य थुपै्र प्रयासहरू भने विफल भएका थिए ।

त्यस्तै, अर्काे खेलमा बर्नमाउथले पनि बर्नलेलाई २–० गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित ग¥यो । बर्नमाउथको जितमा साम सुरिजले खेलको २१औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै, ८८औं मिनेटमा जुनियर स्टानिसलासले पेनाल्टीमार्फत गोल गर्दै बर्नमाउथको जित २–० ले सुनिश्चित गरे ।

प्रतिक्रिया दिनुहोस्