शरिफको अस्ट्रेलियन ओेपनमा इतिहास



मेलबर्न, (एजेन्सी)
मायार शरिफले ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्टे«लियन ओपनमा इतिहास रचेकी छन् । शरिफले ग्रान्डस्लामको मुख्य ड्रमा जित्ने पहिलो इजिप्टिसियन महिला खेलाडी बन्दै इतिहास रचेकी हुन् । उनले फ्रान्सकी क्लोए पेकेटलाई ७–५, ७–५ को सीधा सेटमा हराएर ग्रान्डस्लाममा पहिलो जित हात पारेकी छन् । इजिप्टबाट हालसम्म ग्रान्डस्लाम टेनिसमा राम्रो प्रदर्शन गर्नेमा पुरुषतर्फ इस्माइल एल शफाई थिए ।

शफाईले सन् १९७४ मा भएको युएस ओपनको चौथो चरणसम्म यात्रा गरेका थिए ।२४ वर्षीया शरिफ हाल विश्व वरियतामा १३१औं स्थानमा छिन् । शरिफले गत वर्षको फ्रेन्च ओपनमा खेलेकी थिइन् । यो ग्रान्डस्लाम प्रतियोगितामा उनी चेक रिपब्लिककी कारोलिना पिलिस्कोभासँग हारेकी थिइन् । उनको यो पहिलो ग्रान्डस्लाम प्रतियोगितामा सहभागी पनि थियो ।

सेरेना तेस्रो चरणमा

अमेरिकाकी टेनिस स्टार सेरेना विलियम्स अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छन् । पँर्वविश्व नम्बर एक विलियम्सले सर्बियाकी निना स्टोजानोभिचलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेकी हुन् । विलियम्सले मंगलबार मेलबर्नमा सम्पन्न दोस्रो चरणको खेलमा निनालाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरेकी हुन् ।त्यस्तै, महिला एकलको अर्को खेलमा भने विलियम्सकी दिदी भेनस विलियम्स दोस्रो चरणबाट बाहिरिइन् । उनी इटालीकी सारा इरार्नीसँग ६–१ र ६–० को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् । अर्को खेलमा रोमानियाकी सोराना सिर्सटिटया पनि तेस्रो चरणमा प्रवेश गरेकी छन् ।

उनले चेक रिपब्लिककी पेट्रा कभिटोभालाई ६–४, १–६ र ६–१ को सेटमा पराजित गर्दै तेस्रो चरणमा स्थान बनाएकी छन् । अर्को खेलमा स्पेनकी गार्बिन मुगुरुजाले पनि रुसकी लुडमिला साम्सोनोभालाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गर्दै तेस्रो चरणमा पुगिन् ।हालेप हारबाट जोगिइन् रोमानियाकी सिमोना हालेप हारबाट जोगिएर तेस्रो चरणमा पुगिन् । उनले पहिलो सेट गुमाएर दोस्रो सेट जितिन् तर, तेस्रो सेटमा उनी टाइब्रेकरमा भाग्यमानी ठहर्दै अर्को चरण पुग्न सफल भइन् । उनले क्रोएसियन प्रतिद्वन्द्वी आइला टोमलियानोभिचलाई ४–६, ६–४, ७–५ ले पन्छाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्