ओलीले बनाएका २ मन्त्री पनि हामीतिरै आउँदैछन् : प्रचण्ड



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुई जना मन्त्रीले आफ्नो समूहमा आउन छलफल गरिहेको बताएका छन् । बुधबार प्रचण्ड माधव समूहले राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘केपी ओलीले बनाउनुभएको २ जना मन्त्री पनि फर्किने पक्षमा मसँग छलफल गर्दैछन् ।’ यस्तै उनले प्रधानमन्त्री ओलीलाई अझै सच्चिने मौका रहेको बताए ।

प्रचण्डले पार्टीका अर्का अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका बर्षौ देखि काम गरेका नेताहरुलाई ओलीले अपहेलना गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्