मुखमा कालो टेप टाँसेर रामकुमारी झाँक्री मञ्चमै पुगेपछि…



न्युज अफ नेपाल, काठमाडौं ।

बुधबार राजधानीमा नेकपा माधव प्रचण्ड समूहले विरोध सभा आयोजना गरेको छ । कार्यक्रममा विभिन्न वक्ताहरुले सम्बोधन गरिरहेका छन् । सम्बोधनका क्रममा नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले मुखमा कालो टेप टाँसेर मञ्चमै पुगेकी छन् ।

बोल्नुअघि उनले मुखमा कालो टेप टाँसेर सांकेतिक विरोध जनाएकी छिन् । सम्बोधनका क्रममा उनी अधिकांश समय राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएकी थिईन् । उनी बोल्दै गर्दा प्रदर्शनमा उपस्थितहरुले हुटिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्