सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त



काठमाडौं ।

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले कुशल बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सनराइज बैंकका निर्वतमान सीईओ जनक शर्मा पौड्यालले मंगलबार मात्रै पदबाट राजीनामा दिएका थिए । पौड्यालको राजीनामा स्वीकृत गरेको बुधबार शर्मालाई नयाँ सीईओमा नियुक्त गरिएको हो । उनले आज बुधबारबाटै कार्यभार सम्हालिसकेका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्