प्रचण्ड नेपाल समुहको शक्ति प्रदर्शन शुरु, त्रिपुरेश्वरमा वर्षमान र सुरेन्द्र पाण्डे



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूह आज काठमाडौंमा गर्न लागेको जनसभाका लागि विभिन्न ठाउँहरुबाट जुलुसहरु निस्किन थालेका छन् ।

काठमाडौंका विभिन्न ठाउँहरुबाट जुलुस निकाली अन्ततः भृकुटीमण्डपमा जनसभा हुनेछ । यसैक्रममा पूर्वमन्त्री समेत रहेका प्रचण्ड नेपाल समूहका नेताहरु वर्षमान पुन अनन्त र सुरेन्द्र पाण्डेले त्रिपुरेश्वरबाट निस्किएको जुलुसको नेतृत्व गरिरहेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता पुनले छिट्टै शुरु हुने विशाल प्रदर्शनमा सहभागिताको लागि आह्वान गरेका छन् । प्रचण्ड -नेपाल पक्षको प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन प्रभावित बनेको छ । संसद विघटन विरुद्ध आन्दोलन गरिरहेको उक्त समूहको तेस्रो चरणको अन्तिम आन्दोलनको कार्यक्रम हो ।

प्रतिक्रिया दिनुहोस्