काभ्रेको नृत्य निर्देशकमा पुनः तौजले



बनेपा र नृत्य निर्देशक संघ नेपाल काभ्रे शाखाको तेस्रो अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले पुनः नृत्य निर्देशक मोहन तौजलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले उपाध्यक्षमा नारायण हेंगजु, सचिवमा अमरकृष्ण चन्द, सहसचिवमा रविन्सन श्रेष्ठ र कोषाध्यक्षमा सिसुम श्रेष्ठलाई सर्वसम्मत निर्वाचित गरेको छ। सदस्यहरुमा धनराज श्रेष्ठ, सोनिया शाक्य, कविता शाक्य, सुरेश दनुवार, मनिषा भुजेल, ईश्वर थापा, जानु शाही, काजल श्रेष्ठ र संगीता मानन्धर चयन भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादेले कला संस्कृतिको जगेर्नाका लागि नृत्य निर्देशक संघले पु¥याएको योगदानको कदर गर्दै नगरपालिकाका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। यस्तै नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नृत्य निर्देशकहरु अहिले पनि विविध कारणले पीडामा रहेको जानकारी गराए। लोक गायक मच्छेश्वर सापकोटाले आफँ बुढेसकालमा समेत कलाक्षेत्रमा सक्रिय रहेको अनुभव सुनाउँदै कला क्षेत्रको उत्थानका लागि निरन्तर लागिरहन सबैलाई आग्रह गरे।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय महासचिव विक्रमजंग शाहले पछिल्लो समय कोभिडका कारण कलाकारले पीडा खेप्नुपरेको जनाउँदै राहतका लागि सरकारले चासो नदिएको गुनासो गरे।त्यस्तै गायक हरि कर्माचार्यले कोभिडपश्चात् विभिन्न राजनीतिक कार्यक्रममा भिड जम्मा गरे पनि कलाकारले गरिखाने बाटो सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्न अझै सहज नरहेको गुनासो गरे।

प्रतिक्रिया दिनुहोस्