बायर्न क्लब विश्वकपको फाइनलमा



लन्डन, (एजेन्सी) ।

गत सिजनको यँईएफए कप च्याम्पियन जर्मन क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत सोमबार राति भएको खेलमा इजिप्टको अल एहलीलाई २–० गोलअन्तरले पराजित गर्दै बायर्न फाइनलमा पुग्न सफल भएको हो । बायर्नलाई फाइनलमा पु¥याउन दुवै गोल पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्कीले गरे । उनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेका थिए ।

कतारस्थित अहमेद विन अली स्टेडियममा भएको सो खेलमा युरोपियन च्याम्पियन बायर्नले खेलको १७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । उनले सर्ज जिनाब्रीको पासमा सिक्स यार्डभित्रबाट सहज गोल गरेका थिए । बल पोजेसनमा बलियो पकड जमाएको बायर्नका लागि खेलको अन्त्यतिर लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई उपाधिनजिक पु¥याए । दोस्रो गोल उनले लिरोए सानेको पासमा गरेका थिए ।

अब बायर्नले उपाधिका लागि मेक्सिकोको टिग्रेससँग ११ फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ । टिग्रेसले पनि ब्राजिलयिन क्लब पाल्मेइरसलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्