इंग्ल्यान्ड भारी रनअन्तरले विजयी



लन्डन, (एजेन्सी) ।

इंग्ल्यान्डले चेन्नई टेस्टमा भारतलाई २ सय २७ को भारी रन अन्तरले हराएर ४ टेस्टको सिरिजमा १–० को अग्रता लिएको छ ।
यो इंग्लिस टिमको भारतीय भँमिमा ठँलो जित समेत हो   यसअघि, इंग्ल्यान्डले भारतलाई उसैको शहर मुम्बईको भुमिमा २००६ मा २ सय १२ रनले हराएको थियो । त्यस्तै, भारतको चेन्नईको चेपक स्टेडियममा २२ वर्षपछि पहिलो हार हो ।

पछिल्लो समयमा यसै स्टेडियममा जनवरी १९९९ मा भारतले पाकिस्तानसँग १२ रनले हार बेहोरेको थियो । यसैगरी, भारतको यो ४ वर्षपछि आफ्नै घरेलु मैदानमा पहिलो हारसमेत हो । यसअघि, २०१७ फेबु्रअरीमा भारतलाई अस्टे«लियाले पुणे टेस्टमा ३ सय ३३ रनले हराएको थियो ।इंग्ल्यान्डले पहिलो इनिङमा ५ सय ७८ रन र दोस्रो इनिङमा १ सय ७८ रन बनाएको थियो । जबकि, भारतले पहिलो इनिङमा ३ सय ३७ रन बनाएको थियो । योसँगै इंग्ल्यान्डले भारतलाई ४ सय २० रनको लक्ष्य तेस्र्याएको थियो । यसको जवाफमा भारतलाई १ सय ९२ रनमा समेटेर इंग्ल्यान्डले ठँलो जित निकाल्यो ।

इंग्ल्यान्डले ३६ वर्षपछि चेन्नईमा कुनै टेस्ट जित्न सफल भएको छ । यसअघि इंग्ल्यान्डले भारतलाई सन् १९८५ जनवरीमा ९ विकेटले हराएको थियो । यसपछि भारतले लगातार ३ टेस्ट जितेको थियो । यो चौथो टेस्टमा भारतलाई इंग्ल्यान्डले माथ दिएको छ ।भारतले ४ सय २० रनको लक्ष्य पछ्याउने क्रममा २५ रनमा पहिलो विकेट गुमाएको थियो । ओपनर रोहित शर्मा चौथो दिनको अन्तिम सेसनमा १२ रन बनाएर पभेलियन फर्केका थिए । उनलाई स्पिनर ज्याक लिचले आउट गरेका थिए । इंग्ल्यान्डका लागि अन्तिम दिन मंगलबार लिचले नै दोस्रो सफलता दिलाए । उनले चेतेश्वर पुजारालाई व्यक्तिगत १५ रनमा आउट गरेका थिए ।

त्यसपछि शुभमन गिल र विराट कोहलीले टिमलाई उकास्न प्रयास गरेका थिए । तर, गिल ५० रन बनाएर आउट भए । उनलाई जेम्स एन्डरसनले बोल्ड गरेका थिए । यसपछि आजिन्क्य रहाणे शँन्यमै एन्डरसनको शिकार भएका थिए । ऋषभ पन्त पनि व्यक्तिगत ११ रन जोडेर पभेलियनको बाटो लागे भने वासिङ्टन सुन्दरले खाता पनि खोल्न सकेनन् ।त्यतिबेलासम्म भारतले ६ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । जुन स्कोरले भारतलाई हारतिर अग्रसर गराइसकेको थियो । यद्यपि, कप्तान विराटले आफ्नो उत्कृष्ट ब्याटिङ जारी गरेका थिए । तर, अर्को इन्डबाट उनलाई कसैबाट ठँलो सहयोग मिलेन । विराट र अश्विनले सातौं विकेटका लागि ५४ रनको साझेदारी गरे पनि त्यो टेस्ट बचाउन सहयोगी हुन सकेन ।

विराट र अश्विनको अर्धशतकीय साझेदारीमा अश्विनको योगदानमा मात्र ९ रनको थियो । अश्विनलाई लीचले आउट गर्दा भारतको स्कोर ७ विकेटको क्षतिमा १ सय ७१ थियो । यसपछि विराट पनि धेरै बेर टिक्न सकेनन् । उनलाई बेन स्टोक्सले बोल्ड गरेका थिए । यतिबेला भारतको स्कोर ८÷१७९ थियो । अन्तिम दुई विकेट जोफ्रा आर्चर र लीचले बाँडेपछि भारतले टेस्ट बचाउन सकेन ।

प्रतिक्रिया दिनुहोस्