दुई सय ६७ जना जेष्ठ नागरिकलाई सम्मान



पाल्पा, (नेस)  ।

जीवनको क्रियाशील समय समुदायको बिकासमा उल्लेखनिय भुमिका निर्वाह गरेको भन्दै तानसेन नगरपालिकाले नगरपालिकाका दुई सय ६७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।नगरपालिका भित्रका ८५ वर्ष उमेर पार गरेका यस्ता नागरिकलाई उनीहरुको बिगतको योगदानको कदर स्वरुप कपडा, पोष्टिक खाना र स्वास्थ परीक्षणसहित सम्मान गरेको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले जानकारी दिनुभयो ।

नगरपालिकाका अनुसार मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई सम्मान गरिएको समितिका सदस्य गुराँस आत्रेयको भनाइ छ । नगरपालिकाको गरिब तथा विपन्न वर्गलाई रोजगारीउन्मुख कार्यक्रमहरु सञ्चालन गर्ने मुख्य उदेश्य रहेको यस कार्यक्रमबाट जेष्ठ सम्मान गरिएको हो ।तानसेन नगरपालिकाको वडा न. १४ अर्गली र वडा नं ११ बन्दिपोखरामा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई  ब्लाङ्केट, ज्याकेट, जुत्ता, मोजा, टोपी, लाईभभिटा राखिएको झोला हस्तान्तरण गरियोनगरपालिकाको बाँकी वडामा जेष्ठ नागरिकलाई कार्यक्रममा बोलाएर वितरण गर्न नमिलेमा घरघरै लगेर वा प्रतिनिधी बोलाएर हस्तान्तरण गर्नेगरि सामाग्री प्रतेक वडा कार्यालयमा पठाईएको बरिष्ठ अधिकृत दुर्गा थापाले बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका उपमेयर लक्ष्मीदेवी पाठक, प्रशासकिय अधिकृत पिताम्बर पाण्डे, कार्यक्रम फोकल अधिकृत दुर्गा थापा, सामाजिक परिचालक नारायण कुमाल लगायतले सामाग्री हस्तान्तरण गर्दै जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्