महेन्द्रनारायण निधि पुरस्कार दाहाल र राकेशलाई



काठमाडौं, (नेस) ।

महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७६’ होमनाथ दाहाल र २०७७ डा. रामदयाल राकेशलाई प्रदान गरिने भएको छ ।लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा विगत ६ दशकदेखि निरन्तर सक्रिय दाहाललाई २०७६ को र २०७७ सालको सो पुरस्कार करिब पाँच दशकदेखि भाषा, साहित्य, संस्कृति तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नियमित साधनारत राकेशलाई प्रदान गर्ने निर्णय भएको छ ।

यसैगरी प्रेमसागरीदेवी निधिको सम्मानमा स्थापित प्रेमसागरीदेवी निधि पुरस्कार २०७६ बाट नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर क्रियाशील रहनुभएका ज्ञानु प्रसाईं र २०७७ को सो पुरस्कार काशीदेवी झालाई प्रदान गर्ने निर्णय भएको छ । दुवै पुरस्कारको राशी एक-एक लाख रहेको छ ।

सो पुरस्कार अहिंसा, शान्ति, समुदायका बीच सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका अथक् योद्धा महेन्द्रनारायण निधिको स्मृति सम्मानमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा स्थापित गरिएको हो । पुरस्कार निधिको सयौं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा आगामी फागुन १४ गते प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्