चिनियाँ जर्नल ‘साइनोलोजी’मा कुलपतिको लेख



काठमाडौं, (नेस) ।

चीनबाट प्रकाशित हुने अन्तर्राष्ट्रिय जर्नल ‘वल्र्ड साइनोलोजी स्टडिज’मा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति एवम् वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीको लेख छापिएको छ ।

चिनियाँ भाषा, साहित्य, इतिहास, समाज तथा दर्शनशास्त्रप्रधान उक्त जर्नलमा कुलपति उप्रेतीको ‘कोरोना भाइरस महामारी : विश्वव्यापी चुनौती र अवसर’ शीर्षक अनुसन्धानमूलक लेख छापिएको हो । लेखमा महामारी सङ्कट, त्यसविरुद्धको विश्वव्यापी लडाइँ र महामारी सङ्कटबाट सिर्जना हुने अवसरका बारेमा विश्लेषण गरिएको छ ।

सन् २०२० मा प्रकाशित उक्त जर्नलमा नेपालका तर्फबाट कुलपति उप्रेतीसहित विश्वका विभिन्न देशका १४ जना विद्वान्का एक–एक ओटा विशिष्ट अनुसन्धानमूलक लेख छापिएका छन् । लेखहरू चिनियाँ र अङ्ग्रेजी गरी दुई भाषामा छापिएका छन् । ‘वल्र्ड साइनोलोजी स्टडिज’ विश्वप्रसिद्ध चिनियाँ जर्नल हो । उक्त जर्नल छापा संस्करणका साथै अनलाइन संस्करणमा समेत उपलब्ध हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्