म्यान्मारमा प्रदर्शनकारीमाथि रबरको गोली प्रहार



यांगुन (एजेन्सी) ।

विरोध प्रदर्शनमाथिको प्रतिबन्धको अवज्ञा गर्दै म्यान्मारको राजधानी ने पिट मा निस्केका हजारौं प्रदर्शनकारीमाथि प्रहरीले मंगलबार रबरको गोली प्रहार गरेका छन् । गत साता निर्वाचित सरकारलाई अपदस्थ गर्न भएको सैनिक विद्रोहको विरुद्ध प्रर्दशन गर्नेहरूमाथि अश्रुग्यास र पानीको फोहरा पनि प्रहार गरिएको बताइएको छ ।

कम्तिमा दुुईजना प्रदर्शनकारी सिकिस्त घाइते भएको बीबीसी बर्मिजलाई जानकारी प्राप्त हुन आएको बताइएको छ । सोमबार विरोध प्रदर्शनमाथि नयाँ कडा नियमहरू घोषणा गरिए पनि लगातार चौथो दिन पनि विरोध प्रर्दशन जारी रहेको छ ।म्यान्मारको केही प्रमुख शहरहरूका सार्वजनिक स्थलमा ठँलो संख्यामा मानिसहरूको भेलामाथि प्रतिबन्ध र रात्रिकालीन कफ्र्यु लगाइएको छ । सैनिक शासक मिन आँग लाइंगले मुलुकमा कोही पनि कानुनभन्दा माथि नहुने प्रतिक्रिया दिएका छन् । प्रदर्शनकारीहरूले प्रजातन्त्रवादी नेतृ आंग सान सुकी र उनको नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी) का वरिष्ठ नेताहरूको यथाशिघ्र रिहाइको माग गरिरहेका छन् ।

सुकी र राष्ट्रपति विन मिन्टलाई सैनिक विद«ोह भएकै दिनमा सेनाले हिरासतमा लिएको थियो । सेनाले म्यान्मारमा एक वर्ष लामो संकटकाल घोषणा गर्दै गत नोभेम्बरमा भएको आमनिर्वाचनमा व्यापक धाँधली भएको ओरोप लगाएको थियो ।तर, सेनाले धाँधली भएको समबन्धमा कुनै प्रमाण पेश गर्न सकेको छैन ।सन् २०११ मा म्यान्मारमा ४९ वर्ष पुरानो सैनिक शासनको अन्त्य भएको थियो । प्रजातनत्रका लागि संघर्षरत तथा शान्तिका लागि नोबेल पुरस्कार विजयी सुकीले जीवनको लामो समय नजरबन्दीको रूपमा व्यतित गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्