‘कोराना भाइरस प्रयोगशालाबाट चुहेको हैन’ बिरोलो र कुकुरको पनि परीक्षण



बेइजिंङ, (एजेन्सी)  ।

कोभिड–१९ कहाँबाट शुरू भएको होला भन्ने विषयमा गम्भीर अनुसन्धानमा जुटेको अन्तर्राष्ट्रिय विशेषज्ञहरूको एक टोलीले भाइरस कुनै प्रयोगशालाबाट आएको हुनुपर्ने भन्ने अनुमानित सिद्धान्तलाई अस्वीकार गरेको छ । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) मिसनका अध्यक्ष पिटर बेन एम्वारेकले कोरोना भाइरस चीनको हुबेई प्रान्तको उहान शहरस्थित कुनै एक प्रयोगशालाबाट चुहावट भएको हुन सक्ने भनाइ अत्यन्तै अस्वाभाविक रहेको बताएका छन् ।

उनले भाइरसको यकिन श्रोत पत्ता लगाउन थुप्रै कामहरू गर्नुपर्ने विचार व्यक्त गरेका छन् । डब्ल्युएचओ र चीनबिचको संयुक्त मिसनको अन्तिम निर्णय यस्तो टिप्पणी उल्लेख गरिएको हो । पश्चिमी हुबेई प्रान्तको उहान विश्वमै पहिलो चोटि कोरोना भाइरस देखिएको स्थान हो । अहिले सम्म विश्वमा १० करोड ७० लाखभन्दा बढि मानिस कोरोना संक्रमित भइसकेका छन् ।साथै, यसबाट विश्वमा २३ लाख मानिसले ज्यान गुमाइसकेका छन् । डा. एम्बारेकले अनुसन्धानबाट केही नयाँ सँचनाहरू प्राप्त भए पनि कोरोनाको शुआतसम्बन्धी चित्रलाइ नाटकीय परिवर्तन गर्न नसकेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

विशेषज्ञहरूले भाइरस जनावरहरूबाट शुरू भएर मानिसमा सरेको हुनुपर्ने विश्वास गरेका छन् । तर, तिनीहरूले कसरी मानिसमा भाइरस स¥यो होला त भन्नेबारे प्रमाणिक रूपमा केही बताउन सकने स्थितिमा छैनन् । चीनको स्वास्थ आयोगसँग आबद्ध एक विशेषज्ञ लियांग वान्नियानले उहानमा देखिनुअघि सो भाइरस अन्य कुनै क्षेत्रमा शुरू भइसकेको हुनुपर्ने बताएका छन् ।यसैबीच, दक्षिण कोरियाको राजधानी सोलमा पाल्तु कुकर र बिरालोहरूमा पनि कोभिड–१९ परीक्षण कार्य शुरू गरिने भएको छ । सोलको स्थानीय महानगरीय सरकारले यदि, ति पाल्तु जनावरमा कोरोना भाइरसका लक्षणहरू देखिएमा परीक्षण कार्य गरिने जानकारी दिएको छ । केही साताअघि मात्र त्यहाँ पहिलोपटक एउटा बिरालोको बच्चामा भाइरस देखिएको तथ्यांक सार्वजनिक भएको थियो । यदि, भाइरस पोजिटभ देखिएको खण्डमा बिरालो र कुकुरलाई पनि क्वारेन्टाइनमा राखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्