निर्वाचन आयोगलाई अर्थमन्त्रालयले दियो ७ अर्ब



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले आगामी बैशाखमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रकम दिएको छ । मंगलबार अर्थमन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा बोल्दै अर्थमन्त्ती विष्णू पौडेलले निर्वाचनका लागि आयोगलाई ७ अर्ब रकम उपलब्ध गराएको बताए ।

मंगलबार (आज) नै प्रधानमन्त्री ओलीले आगामी बैशाख वैशाख १७ र २७ गरि दुई चरणमा निर्वाचन गर्नेको तयारी तीव्र बनाउन निर्देशन दिएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुष ५ गते प्रतिनिसभा संसद विघटन गरेकी थिइन् ।

मन्त्रिपरिषदले गरेको सिफारिसमा बैशाखमै मध्यावधि निर्वाचन गर्ने उल्लख गरिको थियो । उता संसद विघटबिरुद्ध सर्वोच्चमा परेको रिटमाथि बहस जारी छ ।

प्रतिक्रिया दिनुहोस्