नर्भिकमा र्चौथो पटकको शल्यक्रियाबाट बच्चाको जन्म



अस्मिता शाह, काठमाडौ ।

पहिलो र दोश्रो पटक प्रसुतीगृहमा सिजरिङबाट जन्मिएका दुई सन्तान खेर गएसँगै मर्माहित बनेकी बैतडीकी ३७ वर्षिय निरा बोहोरा अहिले भने खुसी देखिन्छिन् । उनको यो खुसीको कारण हो सन्तान प्राप्ति । लगातारको प्रयासमा पहिलेका दुई बच्चा खेर गएपनि निरा हाल भने दुई सन्तानकी आमा बनिसकेकी छन् ।

विश्वकैै जटिल मानिने चौथौ सिजरिङबाट निरा हालै दोस्रो सन्तानको आमा बनेकी छन् । बरिष्ठ प्रशुति तथा स्त्री रोग बिशेषज्ञ एव ल्याप्रस्कोपिक सर्जन डा.नुतन शर्माको समूहले हालै नर्भिक अस्पतालमा निराको चौथौ शल्यक्रिया गरेको हो । दुई सन्तान खेर गएसँगै लगातार डा।शर्माको सम्पर्कमा रहेर परामर्श लिइरहेकी निराको तेस्रो पटकको सिजरिङबाट पनि एक सन्तान छन् ।

सामान्यतः एक पटक शल्यक्रियामार्फत प्रसुति भएमा आमा र बच्चाको स्वास्थ्यमा जोखिम हुने भएकाले अर्को पटक पनि सिजरिङबाट नै प्रसुति गराउनु सुरक्षित मानिने चिकित्सकको भनाई छ । चौथो पटक पनि सिजरिङबाट बच्चा जन्माउन सकिन्छ भन्ने थाहा नभएको बताउँदै निराले भनिन् ,’मलाई चौथो पटक पनि सिजरिङबाट बच्चा जन्माउन सकिन्छ भन्ने थाहा थिएन । तर अहिले म साह्रै खुशी छु । दुई पटकसम्मको खेर गएको थियो तेस्रोे पटक बच्चा भएपछि मलाई हुँदैन भन्ने लागेको थियो ।’

उनले डा. नुतनलाई धन्यवाद दिँदै भनिन्, उहाँको मिहिनेत र हौसलाले मैले दुई सन्तान पाए । उहाँ मेरा लागि भगवान जस्तै हुनुभएको छ ।’

यस्तै, तेस्रो पटकको शल्यक्रियापछि महिलाले थप बच्चा पाउन सक्दैनन भन्ने गलत मान्यतालाई आफ्नो टीमले सम्भव बनाएको बताउँदै डा. शर्माले भनिन् , ‘सामान्यतः नर्मल डेलिभरीबाट बच्चा जन्मिनु आमाको स्वास्थ्यका लागि राम्रो हो तर गर्भावस्थामा बच्चाको स्वास्थ्य अवस्था, आमाको स्वास्थ्यमा देखिएको जोखिम जस्ता कुराको आंकलन गरेर बाध्यात्मक अवस्थामा हामीले शल्यक्रियाबाट प्रसुति गराउदँछौ,’ डा. शर्माले भनिन,’ तर तेस्रो पटक शल्यक्रिया भएका महिलाले बच्चा पाउन सक्दैनन भन्ने गलत मान्यतालाई हामीले सम्भव बनाएका छौ ।’

बच्चा खेरगएसँगै तीनवर्ष अघि सन्तान जन्माउने योजना बनाएर निरा आफूसँग भेटन आएको डा।शर्माले बताइन् । लगातारको परामर्श र हौसलाले तेश्रो र चौँथो सन्तान समेत सफलतापूर्वक जन्मिएको उनले बताइन् ।

उहाँलाई चौथो सन्तान पनि जन्माउने रहर एवं पारिवारिक बाध्यता थियो ।’ डा. शर्माले भनिन,’सामान्यतया तीन पटकसम्म सिजरिङ हुन्छ । तर कतिपय अवस्थामा यो भन्दापनि बढि हुनसक्छ भन्ने प्रमाणित भएको छ ।’ अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएँदै डा. शर्माले अबको केही दिनमै निरालाई डिस्चार्ज गरिने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्