भागरथीका हत्यारालाई तत्काल पक्राउ गर्न नेबिसंघको माग



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल विद्यार्थी संघले भागरथी भट्टको हत्या प्रकरणमा संलग्नलाई तत्काल पक्राउ गर्न सरकारसँग माग गरेको छ । मंगलवार बिहान नेविसंघका अध्यक्ष राजीव ढुंगाना नेतृत्वको पदाधिकारी टोलीले गृहमन्त्री रामबहादुर थापालाई भेटेर भागरथीका हत्यारालाई शिघ्र पक्राउ गर्न माग गरेको हो ।

गृहमन्त्री थापालाई बुझाईएको ध्यानाकर्षण पत्रमा मानवतालाई नैं कलंकित गर्नेगरि भएको घटनाको निन्दा र भत्र्सना गरिएको छ ।यस्तै पत्रमा ,हत्यामा संलग्नलाई तत्काल गिरफ्तार गरी हदैसम्मको कार्वाही गर्न माग गरिएको छ । नेबिसंघले बलात्कार र हत्या जस्ता घटना फेरि नदोहोरिने कुरामा नेपाली जनता ढुक्क भएर बस्ने अवस्थाको प्रत्याभूति दिलाउन पनि माग गरेको छ । यसैगरि , बिद्यालयमा अध्ययनरत बिद्यार्थीको जिउधनको सुरक्षा गर्न बिशेष रणनीति अपनाउन पनि ध्यानाकर्षण गरेको छ ।

गृहमन्त्री थापाले राज्यको अनुसन्धान र प्रशासनिक निकाय पूर्णरुपले बैतडीमा केन्द्रित रहेको जानकारी गराउनु भएको थियो । घटना निर्मला पन्तको जस्तो कठिन नभएको र करिब दोषीको नजिक पुगिसकेको गृहमन्त्री थापाले प्रष्ट पार्नु भएको थियो ।

सरकारको ध्यानाकर्षणका लागि धन्यवाद दिँदै गृहमन्त्री थापाले युवा, विद्यार्थी ,नागरिक समाज लगायत सबैको सहयोगको अपेक्षा सरकारले गरेको समेत बताउनु भयो । बिद्यालयबाट घर फर्कदै गरेकी भागरथीको बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जङ्गलमा बुधवार बलातकारपछि हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्