बलिउड अभिनेता राजिव कपुरको निधन



एजेन्सी ।

बलिउड अभिनेता राजिव कपुरको निधन भएको छ । ५८ वर्षका कपुरको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजिव कपुर अर्का चर्चित अभिनेता ऋषि कपुरका भाई हुन् । क्यान्सरका कारण दाई ऋषि कपुरको निधन भएको एक वर्ष नपुग्दै राजिवको हृदयघातबाट निधन भएको हो ।

राजिवले रामतेरी गंगा, एक जान हे, प्रेम ग्रन्थ, आसमान, जिमिनदारजस्ता चलचित्रमा अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्