भागरथीको न्यायका लागि धनगढीमा प्रदर्शन



न्युज अफ नेपाल, काठमाडौं ।

बैतडीमा मृत फेला परेकी भागरथी भट्टको न्यायका लागि धनगढीमा प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघले भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राख्दै संघले धनगढीको पार्कमोडमा प्रदर्शन गरेको हो ।

उनीहरुले ’भागरथीलाई न्याय दे, घटनाको सत्यतथ्य छानविन गर’ लगायतका प्ले कार्ड सहित प्रदर्शन गरेका हुन । बिहीबार साँझ दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीय भागरथी भट्ट सोही ठाउँको लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन् । बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी भट्टको बिहीबार साँझ शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्