शारदा नगरपालिकाका २९ सय बढी किशोरीलाई आईरन फोलिक एसिड खुवाउन सुरु



सरिता चलाउने, सल्यान ।

सल्यानको शारदा नगरपालिकामा १० देखि १९ वर्ष भित्रका किशोरीहरुलाई आईरन फोलिक एसिड खुवाउन सुरु गरिएको छ । नगरपालिकाले पालिका भित्र रहेका १० देखि १९ बर्ष मुनिका करिब २ हजार ९ सय भन्दा बढि किशोरीहरुलाई आईरन फोलिक एसिड खुवाउन सुरु गरिएको नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

पालिका भित्रका स्वास्थ्य संस्थाका प्रमुख, नर्स , मावि र आधारभुत तहका विद्यालयका प्रधानाध्यापकहरुलाई एक दिने अभिमुखिकरण तालिम दिएर आईरन फोलिकएसिड खुवाउन सुरु गरिएको स्वास्थ्य शाखाका रबिन बिष्टले बताए ।

विद्यालय तहमा अध्ययनरत किशोरीहरुलाई विद्यालय मार्फत खुवाईने र विद्यालय बाहिर रहेका किशोरीहरुलाई महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका र स्वास्थ्य संस्था मार्फत खुवाईने उनको भनाई छ ।

किशोरीहरुमा हुने रक्त अल्पताको कमीका कारणले हुने असरहरु कम गर्नको लागी किशोरीहरुलाई आईरन फोलिकएसिड खुवाउने विष्टको भनाई छ । जसमा प्राबिधिक सहयोग दलित बिकास समाज सल्यानको सुआहारा कार्यक्रमले गरेको सुआहारा कार्यक्रमका फिल्ड कोडिनेटर तोरण बुढाथोकीले बताए । उन अनुसार यस अघि सल्यानका ३ स्थानियतहमा यो कार्यक्रम सम्पन्न गरि सकिएको छ ।

उहाँका अनुसार छत्रेश्वरी गाउँपालिकामा १६ सय ९१ जना लाई, कपुरकोट गाउँपालिकामा १३ सय ९१ जनाई र कुमाख गाउँपालिकामा ९ सय ७९ जना किशोरीलाई फोलिक एसिड खुवाई सकिएको बताउनु भयो । सल्यानका १० वटै स्थानिय तहका करिब १८ हजार ३ सय ८७ भन्दा बढि बिद्यालय जाने किशोरीहरुलाई आईरन फोलिक एसिड खवाईने लक्ष्य रहेको छ ।

यस वर्ष शारदा नगरपालिकामा पनि सुरु गरिएको उनको भनाई छ । नेपाल सरकारले २०७४र०७५ बाट ८ वटा जिल्लाबाट सुरु भएको कार्यक्रम २०७५र७६ मा ४१ वटा जिल्लामा हुदै सल्यानमा पनि यो कार्यक्रम सुरु भएको बुढाथोकीको भनाई छ ।

कपुरकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले सवै विद्यालयमा आईरन चक्की खुवाईएको वताउनुभयो । उहाका अनुसार २ हजार छात्राहरुको लागि औषधी पठाइएको भएपनि एकिन विवरण विद्यालयवाट आउन वाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्