विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को माघ २६ गते बसेको बैठकले कायम मुकायम रहेका हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त दिने निर्णय गरेको हो । शाक्यको कार्यकाल ४ वर्षको हुनेछ ।

यसअघि उनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशकका रुपमा करिब ४ वर्ष जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्