फ्लोरिडा राज्यमा आपूर्ति हुने पानीमा विषाक्त रसायन मिसाउने प्रयास



एजेन्सी ।

अमेरिकाको फ्लोरिडा राज्यमा आपूर्ति हुने पानीमा विषाक्त रसायन मिसाउने प्रयास गरिएको छ । अमेरिकी अधिकारीका अनुसार एक कम्प्युटर ह्याकरले पूरै शहरमा पानी आपूर्ति हुने ओल्डस्मार शहरको वाटर ट्रिटमेन्ट सिस्टमलाई ह्याक गर्न खोजेका थिए ।

उक्त सिस्टम ह्याक गरेसँगै खाने पानीमा सोडियम हाइड्रोक्साइडको मात्रा बढाउने कोसिस गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ह्याकरको सो चलखेल त्यहाँ कार्यरत एक कर्मचारीले थाहापाएसँगै विफल भएको थियो ।

विज्ञका अनुसार पानीमा एसिडिटी रोक्नका लागि सोडियम हाइड्रोक्साइडलाई कम मात्रामा प्रयोग गरिन्छ । तर, यदि यसको मात्रा अत्याधिक भएमा गम्भीर घटना निम्तिन सक्छ । हालसम्म ह्याकर कहाँका हुन् भन्ने पत्ता लागेको छैन ।

यसबारे थप अनसन्धान चलिरहेको अमेरिकी अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्