बढ्दै दुस्मनी



पपगायिका रिहाना तथा हलिउडका केही हस्तीले भारतको नयाँ दिल्लीमा चलिरहेको किसान आन्दोलनको समर्थनमा ट्वीट गरेपछि केही बलिउड कलाकारहरु सामाजिक सञ्जालमा एक आपसमा भिडेका छन्।

केही कलाकारले यसलाई प्रोपोगान्डा भन्दै यसको विरोध गरिरहेका छन् भने केहीले यसको समर्थन गरिरहेका छन्। नायिका कंगना रनावतले रीहानाको ट्वीटप्रति आक्रोश पोख्दै बेबफुकको संज्ञा दिएपछि अर्की नायिका तापसी पन्नले भने कंगना रनावतलाई प्रोपोगान्डा टिचरको उपनाम दिएकी छिन्।

उनले ट्विटरमा लेखेकी छिन्– ‘आफ्नो विश्वासलाई बलियो बनाउनुको सट्टा अरुको प्रोपोगान्डा टिचर नबन्नु होला।’ तापसीको यो ट्वीटको जवाफमा कंगना झन् उग्र हँदै तापसीलाई दोस्रो दर्जाको मानिस भएको जनाउँदै ट्वीटरमा लेखेकी छिन् ‘बी ग्रेडको मानिसहरुको बी ग्रेडकै सोच। हर मानिसहरुले आफ्नो राष्ट्र तथा परिवारको विश्वासको लागि उभिनु जरुरी हुन्छ। यही कर्म तथा यही धर्म पनि हो। यस देशका बोझहरुलाई म बी ग्रेडको मानिस भन्छु।

’ कंगनाले तापसीप्रति इंगित गरेर लेखेको यो ट्वीटर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। केही समयअघि कंगनाले तापसीलाई बी ग्रेड एक्ट्रेस भनेपछि शुरु भएको उनीहरुको दुस्मनी झन् बढेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्