एनएमबि बैंकले भ्यालेनटाइनस अफर



काठमाडौं, (नेस) । 

एनएमबि बैंकले भ्यालेनटाइनस सप्ताहको अवसरमा आफ्नो भिजा कार्ड प्रयोग गरी विभिन्न स्टोर्स र ब्रान्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुका साथै छुटको अफर ल्याएको छ ।

यसका लागि बैंकले विभिन्न रेष्टुरेन्ट, केक सपमा कुनै सामान खरिद गर्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ । बैंकले विभिन्न अवसरमा यस्ता आकर्षक अफर आफ्नो ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धी थप जानकारी एनएमबि बैंकको वेवसाइटबाट प्राप्त गर्न सकिनेछ । एनएमबि बैंकले १८० शाखा, १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्