युद्व र क्रान्तिलाई द फेसको उपाधि



राजधानीमा आयोजित मोडलिङ प्रतियोगितामा युद्ध बानियाँ र क्रान्ति चन्दद फेस उपाधि विजेता भएका छन्। व्यावसायिक मोडल जन्माउने उद्देश्यले शनिबार ललितपुरमा सम्पन्न प्रतियोगितामा आफ्ना २६ जना प्रतिस्पर्धीलाई पछाडि छोड्दै युद्ध र क्रान्ति द फेसको उपाधि चुम्न सफल भएका हुन्।

प्रतियोगितामा शीतल श्रेष्ठ र कृपा अधिकारी फस्ट रनर्सअप, हेमन जोशी र स्वीकृति प्याकुरेल सेकेन्ड रनर्सअप भएका छन्। हेमन जोशी र कृपा अधिकारी बेस्ट फ्रेन्ड्ली, युद्ध बानियाँ र सोफिया भण्डारी पब्लिक च्वाइस र बेस्ट फर्सनालिटी, नारायण प्याकुरेल र निर्मला धिताल फोटोजेनिक, क्रान्ति चन्द र शीतल श्रेष्ठ क्याटवाक, ब्रबिम श्रेष्ठ र अस्मिता बराल बेस्ट स्किन एन्ड हेयर, आशिष् गिरी र कृपा अधिकारी बेस्ट फिजिक तथा युद्ध बानियाँ र सुर्जिना श्रेष्ठ पपुलर च्वाइस अवार्ड विजेता भए।

विक्यान फ्लाई इभेन्ट म्यानेजमेन्ट कम्पनीले शनिबार अबेर राती आयोजना गरेको प्रतियोगिमा अभिनेता अनुपविक्रम शाही, मोडल सृजना रेग्मी, क्रिकेटर विनोद दाश र फोटोग्राफर राजभाइ सुवाल निर्णायक थिए। आयोजक सम्सद शाहले नयाँ पुस्ताबाट कुशल र व्यावसायिक मोडल जन्माउन प्रतियोगिता आयोजना गरिएको बताए। प्रतियोगिताका प्रतियोगीहरुले एक दर्जन डिजाइनरको नयाँ फेशन डिजाइन प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्