उपाधि रोहित र सुवासको जोडीलाई



शिक्षा पन्त, लमजुङ ।

भोटेबडारका रोहित गुरुङ र सुवास श्रेष्ठको जोडीले जिल्लास्तरीय पुरुष खुल्ला प्रथम मस्र्याङ्दी अध्यक्ष ब्याडमिन्टन कपको उपाधि हात पारेको छ । २८५७ औँ सोनाम ल्होसार पर्वको अवसरमा लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा आयोजित प्रतियोगितामा मस्र्याङ्दी उस्ताका विनोद तामाङ र रोहित घलेको जोडीले दोस्रो स्थान हासिल ग¥यो । उपाधी विजेता जोडीले नगद २० हजार र द्वितीय हुन सफल जोडीले नगद १२ हजार प्राप्त गरेका थिए ।
यसैगरी, सेमिफाइनलमा पराजित बेसीशहरका कृष्णलाल प्रधान र प्रल्हाद बोहोराको जोडी र खुदीका अमृत तामाङ र प्रदीप तामाङको जोडीले समान नगद २५ सय हासिल गरेका थिए । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मँल नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा जिल्लाभित्रका विभिन्न स्थानका ३६ जोडीले सहभागिता जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्