बार्सिलोनाको पुनरागमन जित



लन्डन, (एजेन्सी)  ।

स्पेनिस ला लिगामा बार्सिलोनाले एक गोलले पछि परेको स्थितिलाई उल्ट्याएर पुनरागमन जित निकालेको छ ।आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई उसैको घरेलु मैदानमा ३–२ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेसी र ट्रिन्काओले गोल गर्दा एक गोल उपहार पाएको थियो । बेटिसका बोर्जा इग्लिसियस र भिक्टर रुइजले गोल गरे पनि हार टार्न सकेन ।

बेटिसमा आइतबार राति भएको खेलको ३८औं मिनेटमा घरेलु टोलीले इग्लिसियसको गोलबाट अग्रता लिएको थियो । तर, खेलको ५७औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मेसीले ५९औं गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
खेलको ६८औं मिनेटमा बेटिसका रुइजले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा २–१ को अग्रता लियो । खेलको ७५औं मिनेटमा रुइजले गोल गर्दै खेललाई २–२ बराबरीमा ल्याएका थिए ।

तर, खेल सकिन तीन मिनेट बाँकि रहँदा ट्रिन्काओले गोल गर्दै बार्सिलोनालाई ३–२ को संघर्षपँर्ण जित दिलाए । यस जितसँगै बार्सिलोनाले २१ खेलबाट ४३ अंक जोडेको छ भने पराजित बेटिसको ३० अंक छ ।

प्रतिक्रिया दिनुहोस्