प्रतियोगितामा विपक्षीविरुद्ध शट प्रहार गर्दै नेपालकी सर्वानी श्रेष्ठ



काठमाडौं, (नेस) ।

आईटीएफ वल्र्ड टेनिस टुर जे ५ अन्तर्गत दोस्रो सकिर्टको सिंगल्सतर्फ नेपाललाई मिश्रित सफलता हात परेको छ ।नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा अभिलाषा विष्टले भारतकी सिद्धि खोतलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् ।

पुरुष सिंगल्समा निशान श्रेष्ठले भारतकै दोक्स अशोक अग्रवाललाई ६–२ र ६–० ले हराए । तर, पुरुष सिंगल्समा नेपालका निहाल जंगबहादुर थापा, आर्यन गिरी, प्रसिद्ध मोक्तान, आरभसम्राट हाडा, अकी जुवेन रावत र प्रणव मानन्धरले पराजय बेहोरे । महिला सिंगल्समा पनि नेपालका श्रेया भट्टराई, प्रकृति श्रेष्ठ, अजा रेग्मी, श्रृष्टि राई, इशाश्री शाह, रायना शाह र सर्वानी श्रेष्ठले आ–आफ्नो खेलमा हार स्विकार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्