जाजरकोटमा चार दिनदेखि फोन सेवा अवरुद्ध



वासुदेव शर्मा, जाजरकोट  ।

जाजरकोट चार दिनदेखि फोन सेवा अवरुद्ध भएको छ । सूचना सञ्चारबाट पछाडि परेको जाजरकोटमा हल्का वर्षासँगै परेको चट्यांगले मछाईनामा रहेको फोन टावरमा क्षति पुगेपछि चार दिनदेखि सेवा अवरुद्ध भएको हो ।

रातामाटाबाट जाजरकोटको मछाईनको टावरमा लिंक दिने सामग्री चट्यांगले नष्ट गरेपछि बारेकोट, शिवालय, जुनीचाँदे, कुशे गाउँपलिका, छेडागाड र नलगाड नगरपालिकामा फोन सेवा अवरुद्ध भएको छ । चट्यांगले मछाईनको टावरमा क्षति गरेपछि नागरिकहरु सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।सञ्चार सुविधा सहज हुनुप¥यो भन्दै भजन मण्डली गर्दै आएका नागरिकहरु यतिबेला जाजरकोट सदरमुकामबाहेक ६ वटा पालिकाका नागरिक सञ्चार सेवाबाट पूर्णरुपमा वञ्चित भएका छन् ।गाउँदेखि बाहिर रहेका आफन्तलाई फोन सम्पर्कबाट आफ्न सुखदुःखका समाचार सम्प्रेषण गर्दै आएका नागरिकहरु सञ्चार सेवाबाट वञ्चित हुँदा बाहिर वसेका आफन्तजनहरुसँग सम्पर्कविहीन भएका छन् ।

जुनीचाँदे, बारेकोट, कुशे, शिवालय र छेडागाड नगरपालिकाका नागरिकहरु आफूभन्दा बाहिर रहेका सदस्यसँग कुरा गर्न घन्टौं हिँडेर अग्ला रुख, डाँडामा चढेर सम्पर्क गर्नुपर्ने बाध्यता कायमै रहेको जाजरकोटमा केही दिन पहिले परेको चट्यांगले मछाईनमा रहेको नेपाल टेलिकमको टावरमा क्षति पु¥याएपछि ६ वटा पालिकाका नागरिक पूर्णरुपमा सञ्चार सेवाबाट वञ्चित भएका छन् ।मालिकाको मछाईनामा रहेको टावर क्षति भएपछि नेपाल टेलिकमबाट मर्मतका लागि आएको टोली पुगेको छ मर्मतका लागि जाजरकोट पुगेको टोलीले आवश्यक सामग्री नल्यएका कारण मर्मत कार्य अझै केही दिन लाग्ने नेपाल टेलिकम जाजरकोटका कर्मचारी लोकेन्द्र भण्डारीले बताउनुभयो ।

फोन टावर मर्मतका लागि आवश्यक सामग्री मंगलबारसम्म जाजरकोट आइपुगेपछि मर्मतको काम शुरु हुने कर्मचारी भण्डारीको भनाइ छ ।जाजरकोटमा सञ्चार सेवा भरपर्दो नभएपछि सरोरावाला निकायसँग गुनासो गर्दै आएका नागरिकहरु मछाईनामा रहेको टावर बिगिँ्रदा चिन्तित बनेका छन् । राज्यसत्तासँग जोडिएका व्यक्ति सरोकारवाला निकायसँग नागरिकहरुले सञ्चारको सुविधा भरपर्दोको बनाइदिन आफ्ना माग राख्दै आएका छन् ।सरोकारवाला निकायसँग सञ्चार सेवा सुधारको माग राखे पनि नागरिकहरुको सपना पूरा हुन सकेको छैन । दुर्गम बस्तीका नागरिकहरु अग्लो डाँडा र रुखमा चढेर आफन्तजनसँग कुरा गर्दै आएका छन् ।

नागरिकले उठाउँदै आएको आवाज सरोकारवाला निकायबाट अहिलेसम्म सुनुवाइ भएको छैन ।राता माटाबाट जाजरकोटको मालिका मछाईनमा रहेको नेपाल टेलिकमको टावरमा लिंक दिने सामग्री रेडियोमा चटयांगले क्षति पु¥याएपछि अग्ला रुख र डाँडाबाट सम्पर्क गरेका नागरिकहरु फोन सेवाबाट वञ्चित भएका छन् ।दैनिक आवश्यक पर्ने सञ्चार सेवा, खानेपानीलगायत महŒवपूर्ण काममा सरकारले ध्यान नदिँदा नागरिकहरुमा सरकारप्रतिको विश्वास घट्दै गएको स्थानीयहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्