हुलाकी राजमार्ग निर्माणमा अवरोध



सियाराम मण्डल, जलेश्वर ।

महोत्तरी जिल्ला समेट्ने गरी बन्न लागेको हुलाकी राजमार्ग अवरुद्ध पुलका कारण निर्धारित समयमा नबन्ने भएको छ ।जलेश्वरदेखि हर्दी खोलासम्म जम्मा २७ किमिमा फैलिएको हुलाकी राजमार्गका लागि पुल निर्माण गर्ने ठेक्का रोशन शर्मा पप्पुले पाएको तर निजले निर्माण कार्यमा ढिलाइ गरेका कारण हुलाकी राजमार्ग प्रभावितहुनलागेको हो ।

एकडरा गाउँपालिका–३ अजमरपट्टीमा पर्ने पुल समयमा पूरा नभएका कारण हुलाकी राजमार्ग नै प्रभावित बनेको हो ।हुलाकी राजमार्गका रोड इन्चार्ज पंकज यादवका अनुसार पहिला त्यस ठाउँमा ३ मिटर चौडा पुल थियो, पछि भत्काएर नयाँ निर्माण गर्ने बेला स्थानीय बासिन्दाले विरोध गरे । पुल भत्काउनुअघि निश्चित मापदण्डयुक्त नयाँ पुल बन्नुपर्ने उनीहरुको माग थियो । त्यस प्रकारको प्रतिबद्धता नआएकाले ६ मिटर फराकिलो पुल बन्ने सपना त्यत्तिकै अलपत्र बन्यो ।‘पुलको चौडाइ ६ मिटर बनाउनु राम्रो कुरा हो, तरगहिराइ र उचाइमा पनि त्यत्तिकै ध्यान दिनुप¥यो नि’, स्थानीय गणेश मण्डलले नेपाल समाचारपत्रलाई जानकारी गराए ।

पुलकै छेउमा घर भएका मण्डलका अनुसार पुल स्थानीयबासीको मागअनुसार बनेन भने आउने दिनमा गाउँबासीलाई धेरै पीडा र दुःख हुनेछ । पुलको उचाइ १० फिट हुदा पनि नदीको पानी पुलमाथिबाट बग्ने गरेको उहाँले जानकारी दिनुभयो ।‘ओभरफ्लो भएको पानीले स्थानीयबासीको घरमा असर पु¥याउने गरेको छ’ अर्का स्थानीयबासिन्दा एकल यादवले बताए– ‘असार महिना आउनेबित्तिकै चिन्ता हुनथाल्छ, बाढी आउँदा अरmको घरमा गई शरण लिनुपर्छ ।’

‘यही बाटो भएर जिल्लाका नेताहरm आउने–जाने गर्छन्, तर यो पुलको दशा हेरेर कुनै नेता तथा जनप्रतिनिधिहरmले समर्थनमा आवाज उठाउने गरेका छैनन्।’ –मण्डलले भन्नुभयो । पुलनिर्माण भएन भने दुई दर्जनभन्दा बढी गाउँका मानिसहरुलाई सदरमुकाम पुग्न पनि गाह्रो हुने कपनेश मण्डलको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्