प्रहरीमाथि हातपात गर्ने दुईजना पक्राउ



न्युज अफ नेपाल, भद्रपुर ।

हेलमेट नलगाएको निहुँमा प्रहरीका सईमाथि हातपात गरेको घटना बाहिर आएको छ । सो घटनामा दुइजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय वनियानीका सइ डम्बर बहादुर बस्नेतमाथि हातपात गरेको आरोपमा कचनकवल ६ का ३५ वर्षिय रतन राजवंशी र सोही वडाका ३३ वर्षिय डिल्ली राजवंशी पक्राउ परेको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

थापाले दिएको जनकारी अनुसार सइ बस्नेतको नेतृत्वमा आइतबार साढे ५ बजे वनियानी चोकमा प्रहरी खटिएको थियो । सोही समयमा डिल्ली राजवंशीले विना हेलमेट सवारी साधन चलाइरहेको अवस्थामा प्रहरीले रोकेर हेलमेट लगाउन अनुरोध गरेको थियो ।

सोही विषयमा विवाद भइ गालीगलौज गर्दै सइ बस्नेतमाथि हातपात गरेपछि उनीहरुलाइ नियन्त्रणमा लिइएको उहाँले जनाउँनुभयो । हातपातबाट प्रहरीलाइ चोटपटक समेत लागेको बुझिएको छ ।

घट्नापछि आरोपितलाइ आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापमा राखेर थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्