गालैको कोठी ल्याए सुमनले



गीतकार तथा पत्रकार सुमन बैरागी, संगीतकार भीम बिसी र गायिका रुचि घिमिरेको सहकार्यमा नयाँ डान्सिङगीत गालैको कोठीमा सार्वजनिक गरिएको छ।

गालैको कोठीमा किनआँखालाको गीतलाई गायिका रुचि घिमिरेले स्वर भरेकी छन्। सुमधुर स्वरकी धनी गायिका घिमिरेको स्वरलाई जादुमयी बनाइदिएको छ। सुमन बैरागीको शब्दसिर्जना र भीम बिसीको संगीत सिर्जना रहेको गीतको संगीत संयोजन भने पुष्कर सुनुवारको रहेको छ। गीतको म्युजिक भिडियो जीबी आग्रीले निर्देशन गरेका छन्।

भिडियोमा अञ्जु विश्वकर्मा, सन्तोष मगराती, रोबर्टसिंह बडैलाको अभिनय रहेको छ। यस भिडियोको सम्पादन सिलन लम्सालले गरेका छन्। गीतकार बैरागीको केही समयअगाडि मात्र नयाँ लोकपप गीत मनको ताराले बजारमा आएको थियो।

प्रतिक्रिया दिनुहोस्