कंगनाको एउटै



एक्सनलाई २५ करोड

कंगना रनावत यतिखेर आप्नो स्पाई एक्सनफिल्म धाकडको सुटिङ गरिरहेकी छिन्। धाकडमा उनी जोडदार एक्सन गरिरहेको देखिने छिन्।फिल्मको फस्ट लुक हालैै सार्वजनिक गरिएको थियो। कंगनाले फिल्मको एक्सन दृश्यका लागि ठूलो रकम खर्च गरिएको बताएको दैनिक जागरणको अनलाइन संस्करणले जनाएको छ। कंगनाले गत शुक्रबार ट्विटरमा एक भिडियो पोस्ट पनि गरेकी छिन्, जसमा एक एक्सन दृश्यको तयारी गरिएको देखिएको छ। कंगनाले भिडियो पोस्ट गर्दै लेखेकी छिन्– ‘कहिले पनि देखिएको थिएन कि एक डाइरेक्टर रिहर्सलका लागि यति धेरै समय र महत्व दिन्छन्।

भोलि रातीबाट सबैभन्दा ठूलो एक्सन दृश्यको सिक्वेलको सुटिङ गरिनेछ। तर म यो तयारी देखेर हैरान भएको छु। यसबाट धेरै कुरा सिक्न मिलिरहेको छ। एउटा एक्सन दृश्यमै २५ करोडभन्दा बढी खर्च गरिएको छ।’कंगना थलाइवीको सुटिङ गरेपछि धाकडको सुटिङमा व्यस्त भएकी थिइन्। यो फिल्मलाई विश्वस्तरको बनाउका लागि अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका छायांकार निर्देशक तेत्सुओ नगाता जोडिएका छन्। जापानी मूलका नगाता फ्रेन्च डाइरेक्टर हुन् र एकेडमी अवार्ड विजयी फिल्मका लागि ख्याति कमाएका छन्। कंगनाले यसअगाडि धाकडको सुटिङ सेटको केही तस्वीर पोस्ट गर्दै त्यसका कलाकार र प्रँविधिकको तारिफ गरेकी थिइन्। ‘कलाकार र प्राविधिकहरु जसरी प्रतिबद्धता देखाइरहेका छन्, यो सिर्फ पैसाको लागि हुँदैन।

फेरि केका लागि हुन्छ छ? यी दिवाना कलाकार आप्mनो मानवीय सीमालाई भुलिदिन्छन् र जे गर्नुपर्छ त्यो गरेर देखाइखिन्छन्।’ –उनले पोस्टमा लेखेकी थिइन्।धाकडमा अर्जुन रामपाल कंगनाका साथ स्क्रिन स्पेस शेयर गर्नेछन्। उनी फिल्ममा नकारात्मक भूमिकामा छन्। दिव्या दत्ता पनि एक खास भूमिकामा देखिनेछिन्। फिल्मको निर्देशन निर्देशक रजनीश राजी घईले गरिरेहका छन्। रजनीश यसअगाडि विज्ञापन फिल्म बनाउँथे। कंगना यसको अलावा तेजसको सुटिङ गरिरहेकी छिन्, जसमा उनी वायु सेना अधिकारीको भूमिकामा देखिनेछिन्। कंगना अन्तिमपटक २०२० मा रिलिज भएको फिल्महुई पंगामा देखिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्