विशाल र विधानलाई उपाधि



यमलाल भुसाल, बुटवल । 

पोखराका विशाल खड्का र विधान अधिकारीको जोडीले तेस्रो लाफा खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि चुमेको छ ।बुटवलमा भएको प्रतियोगिताको फाइनलमा विशाल र विधानको जोडीले विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २–१ को सेटमा हराएको हो । लाफा समूह बुटवलको आयोजनामा भएको प्रतियोगिताको उपाधिसँगै खड्का र अधिकारीको जोडीले नगद ५५ हजार ५ सय ५५ प्राप्त ग¥यो ।

पराजित बुटवलका नेपाल र रायमाझीको जोडीले नगद ४१ हजार ५ सय ५५ रुपैयाँ हासिल ग¥यो । यसैगरी, पोखराका विशाल बस्नेत र प्रनिश सिह ठकुरीको जोडी तथा लाफा समूहका सुशील गिरी र विवेक न्यौपानेको जोडी तेस्रो हुँदै नगद ३१ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे ।
यस्तै, भेट्रान्सतर्फ पाल्पाका वसन्त बज्राचार्य र महेश बज्राचार्यको जोडीले उपाधि हात पारेको छ । फाइनल खेलमा गुल्मीका नवराज श्रेष्ठ र कृष्ण रानाको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै बज्राचार्य जोडी विजयी भयो ।

योसँगै उनीहरूले नगद २५ हजार ५ सय ५५ प्राप्त गरे । श्रेष्ठ र रानाको जोडीले नगद १५ हजार ५ सय ५५ रुपैयाँ हासिल गरेको थियो । बुटवलका गोपाल टण्डन र अर्जुन कार्की तथा शंकरनगरका पुरन गाहा र सुरज गुुुुरुङ तेस्रो हुँदै नगद १० हजार ५ सय ५५ रुपैयाँ हात पारे ।प्रतियोगितामा गुल्मीका मनोज फौदार उदयमान खेलाडी, दाङका हिमांशु कुँवर उत्कृष्ट खेलाडी, बुर्तिवाङका जेनिस शेरचन अनुशासित खेलाडी घोषित भएका थिए । प्रतियोगिताअन्तर्गत खुलातर्फ ५८ र भेट्रान्स तर्फ २८ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्