अवैध बिरुवा तस्कर पक्राउ



अकल्यान्ड, (एजेन्सी)  ।

न्युजिल्यान्डका जैविक – सुरक्षा अधिकारीहरूले एक हजारवटा भन्दा बढि रसिलो र लोपोन्मुख क्याक्टी तश्करी गरी देशमा भित्रयाउन खोज्ने एक महिलालाई पक्राउ गरेका छन् । राजधानी अकल्यान्ड निवासी ३८ वर्षीया ‘वेन्किंग’ नामक ती महिलालाई सजायस्वरूप एक सय घन्टा सामुदायिक सेवा गर्न आदेश दिइएको छ ।

उनलाई दुईपटक चीनबाट यस्ता अवैध वस्तु तस्करी गरेको अभियोग लगाइएको छ । प्राथमिक उद्योग मन्त्रालयले लि सन् २०१९ को मार्चमा चीन भ्रमणपछि यस्ता दुर्लभ ९ सय ४७ वठा बोट लिएर अकल्यँनड अन्तर्राष्ट्रिय विमानस्थलमा फर्केको जनाएको छ । उनले ती वस्तु शरिरमा बेरेर ल्याएको बताइएको छ । प्रहरीको कुकुरले पछ्याउन थालेपछि उनी बाथरुमतर्फ भागेकी थिइन् ।

उनले ल्याएका ती लापोन्मुख प्रजातीको मूल्य अन्तर्राष्ट्रिय बजारमा ७ हजार २ सय अमेरिकी डलर पर्ने बुझिएको छ । त्यसपछि सन् २०१९ को अप्रिलमा पनि उनले चीनबाटै १ सय ४२ वटा अवैध बिज आइप्याडको कभरमा लुकाएर ल्याएको बताइएको छ । लि माथि सरकारले एक वर्षसम्म कडा निगरानी पनि राख्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्