दुई भगुवा समलिंगीको सुपुर्दगी



मस्को, (एजेन्सी) । यातना दिइएका कारण रसियातर्फ भागेका दुई जना पुरुष चेचेन समलिंगीलाई अन्ततः पुनः चेच्न्या फर्काइएकाले तिनीहरूको जीवन निकै खतरामा रहेको आइतबार एउटा मानव अधिकारवादी समूहले जनाएको छ ।

रुसी महिला तथा पुरुष समलिंगी एवं तेश्रोलिंगी (एलजीबीटी) सञ्जालले सालेख मागामादोभ र इस्माइल इसाएभ नामक ती दुई जनालाई रुसी प्रहरीले पक्राउ गरी चेचेन अधिकारीहरूसमक्ष सुपुर्दगी गरेको जनाएको छ ।उक्त एलजीबीटी सञ्जालले आफूले गत वर्ष चेचेन प्रहरीको गिरफतारीबाट जोगाउन तिनीहरूलाई रसियातर्फ भाग्न सहयोग गरेको दाबी गरेको छ । विपक्षी टेलिग्राम च्यानल सञ्चालन गरेको आरोपमा तिनीहरूलाई चेचेन प्रहरीले पक्रिन खोजेको बताइएको छ ।

ती दुई समलिंगीले आफूहरूलाई यातना दिएर जबर्जस्ती भिडियोमार्फत क्षमायाचना गर्न लगाएको आरोप लगाएका छन् । रुसी एलजीबीटी सञ्जालका अनुसार बिहिवलाई रुसी राजधानी मस्कोदेखि करिब ४ सय ५० किलोमिटर पूर्वमा पर्ने निझ्नी नोभोगोरोद स्थित एउटा अपार्टमेन्टमा रुसी प्रहरीले तिनीहरूलाई हिरासतमा लिएको थियो ।तर, रुसी प्रहरीले तिनीहरूलाई के कारणले पक्राउ गरे भन्ने स्पष्ट पारिएको छैन ।

मुस्लिम समुदायको बाहुल्य रहेको मुलुक चेचन्यामा समलिंगीहरूलाई निकै सताउने गरिएको छ । तर, चेचेन नेता राम्जान कादि«योभले मानव अधिकार हनन हुने गरी कसैलाई पनि पक्रिने नगरेको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्