राजदुत कार्कीद्वारा देशका लागि नयाँ फ़ाङ्गकार्यो निर्माण गरेका किर्तिमानधारी ठकुरीलाई सम्मान



न्युज अफ नेपाल, काठमाडौँ ।

कीर्तिमानधारी कराँते खेलाडी उज्ज्वल ठकुरीले देशका लागि नयाँ फ़ाङ्गकार्योको निर्माण गरेका छन् । मार्सल आर्ट्स अन्तर्गत उनले आफ्नो देशको लागि निर्माण गरेको फ़ाङ्गकार्योको लागि अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्की (बिद्या वारिधि) ले ठकुरीलाई सम्मानसाथ प्रमाणित गरेका छन् । ठकुरीले  सातौं पटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

अमेरिकामा बस्दै आएका कीर्तिमानधारी ठकुरीले फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुँडामा ५ केजी तौल राखी ३ मिनेटमा १५७ पटक प्रहार गरेपछि गिनिज वर्ल्ड रेकर्डले २९ फेब्रुअरी २०२० मा सातौं गिनिज वर्ल्ड रेकर्ड भएको घोषणा गरेको थियो । तर महामारीका कारण ठकुरीले २०२० को अक्टोबर महिनाको अन्त्यमा प्रमाण पत्र प्राप्त गरेका थिए। यस्तै, ठकुरी ३ वर्ष अगाडि अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित समेत भएका थिए ।

उनले सेप्टेम्बर २०१७ मा पहिलो पटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका थिए । त्सैगरी नोभेम्बर २०१७ मा दोस्रो, नोभेम्बर २०१८ मा तेस्रो, सेप्टेम्बर २०१८ मा चौथो, सेप्टेम्बर २०१९ मा पाँचौ, फेब्रुअरी २०२० मा छैठौं र फेब्रुअरी २०२० मै सातौं गिनिज वर्ल्ड रेकर्ड राख्न उनी सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्